आजै वा भोलिसम्म मन्त्रीको सपथ खाने ग्यारेन्टी छः मेटमणि चौधरी

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस भउका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा आफूले मन्त्री पदको सपथ ग्रहण गरिसक्ने दावी गरेका छन् । 

बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुगेका उनले सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री पदको सपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताएका हुन् । चौधरीले आठ महिनाअघि नै आफूलाई मन्त्री नबनाएको भन्दै असन्तुष्टि पोख्दै आएका थिए ।  

Advertisement

उनले बुधबार (आज) नै सपथ ग्रहण हुनसक्ने सम्भावना रहेको पनि बताए । चौधरीले जनता समाजवादी पार्टीले पार्टीको आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरुको सपथग्रहण रोक्किएको बताए । 

Advertisement

Advertisement