ट्रेड युनियन कांग्रेसको सम्मेलनमा विपी, गणेशमान, किशुनजीको उपेक्षा गरेर गिरिजाको मात्रै फोटो

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनमा विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई (किसुनजी)लाई उपेक्षा गरेर गिरिजाप्रसाद कोइरालाको मात्रै तस्वीर राख्ने काम भएको छ । 

सो पार्टीका नेता कार्यकर्ताले गिरिजालाई भन्दा विपी, गणेशमान, किशुनजीलाई आदर्श व्यक्तिको रुपमा लिने गरे पनि ट्रेड युनियन कांग्रेसले भने उनीहरुलाई उपेक्षा गरेर गिरिजाको मात्रै तस्वीर राख्ने काम गरेपछि विवाद भएको हो । गिरिजालाई कांग्रेसमा सानो समूहबाट धेरैले आलोचना गर्ने र घृणाको नजरले हेर्ने गर्छन् । 

Advertisement

तर विराटनगर जुटमिलबाट मजदुर आन्दोलन सुरु गरेको नाममा उनको मात्रै तस्वीर राखेर अन्य नेताको अपमान गर्ने काम ट्रेड युनियन कांग्रेस नेतृत्वले गरेको भन्दै एक प्रतिनिधिले नेतृत्वको आलोचना गरे । 

ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा आइतबार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरु सहभागी भएका थिए । देउवाले कार्यक्रममा वर्तमान सरकार कांग्रेसको एकलौटी सरकार नभएकाले चाहेअनुसार काम गर्न नसकिएको गुनासो गरे ।  

उनले एकलौटी सरकार नभएकाले ट्रेड युनियन कांग्रेसले धेरै माग दावी गर्न नमिल्ने तर्क गर्दै उनले भने, ‘एउटा कुरा के बुझ्नु पर्‍यो भने तपाईंहरुले यो कांग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईंहरुले यो धेरै क्लेम गर्ने कुरा छैन् ।’

देउवाले श्रमिकहरुको हक, अधिकार रक्षाका लागि सरकार प्रतिवद्ध रहेको भन्दै श्रमिकको हकसम्वन्धी कानुनहरुको पूर्ण रुपमा कार्यान्वयन गराउने बताए । उनले भने, ‘वर्तमान सरकार श्रमको सम्मान गर्दै सबै श्रमिकलाई सुरक्षित र मर्यादित रोजगारी उपलब्ध गराउन दृढ संकल्पित छ ।’

विपन्न र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको भन्दै देउवाले सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढि श्रमिकहरुलाई नै लाभान्वित हुने बताए । 

Advertisement

Advertisement