Advertisement

काठमाडौं । सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको चर्को आलोचना गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्वन्ध समितिमा उनले भ्रमणबोर संसदलाई जानकारी दिनुपर्ने बताए । 

रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसदलाई जानकारी गराउन समेत माग गरे । उनले नेपालको असंग्लन र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान गठबन्धन सरकारका गतिविधिहरुले त्यो नीति र मान्यतालाई उल्लघंन गरेको आरोप लगाए । रावलले नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नेलले नेपाली सेना भरपर्दो स्थल सेना भनेको प्रतिआपति जनाए । 

Advertisement

अमेरिकी जर्नेलले स्थलसेना भरपर्दो भन्नु स्थल समूहमा काम गर अथवा  अमेरिकाले सञ्चालन गरेको राज्य साझेदारी कार्यक्रमको अंग भएको हो कि ? भन्ने आंशका उत्पन्न भएको भन्दै उनले प्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री पनि छलफलको लागि आउनुपर्ने माग राखे । 

उनले प्रधानमन्त्रीको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले नगरेर रक्षा मन्त्रालय र सेनाले गर्नु गम्भीर रहेको बताए । रावलले भने, ‘नेपालको परराष्ट्र नीतिलाई असंग्लन र स्वतन्त्र बनाउने भनेर जो लेखेका थियौं तर त्यो अहिले सरकारका गतिविधिहरुले त्यो नीति र मान्यतालाई उल्लघंन गरेको देखिन थालेको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नेलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको सुने । के भनेको हो यो ? कसको भरपर्दो स्थल सेना भन्न खोजेको ? स्थल सेनाको गु्रपमा काम गर भन्न खोजेको हो ? यसले के आंशका उत्पन्न गरेको छ भने स्टेड पाटर्नरसिप कार्यक्रम राज्य साझेदारी कार्यक्रम भनेर अमेरिकाले चलाएको छ । त्यसको भित्रबाट नेपाल अंग भइसक्या हो की ? आंशका उत्पन्न हुन्छ ।’ 

रावलले थपे, ‘यस्तो बेलामा प्रधानमन्त्री अमेरिकी भ्रमणका जाने कुरा आएको छ । प्रधानमन्त्री भ्रमणमा जाने विषय संसदलाई जानकारी हुनुपर्छ की पर्दैन । प्रधानमन्त्रीले अमेरिका भ्रमणबारे समितिलाई जानकारी गराउनुपर्छ । परराष्ट्र मन्त्री प्रधानमन्त्रीसँगै आउनु प¥यो । अन्तर्राष्ट्रिय सम्बन्धका विषयका छलफलहँदा समितिमा परराष्ट्र मन्त्रीले आउँदिन भन्ने हुन्छ ।दुई देशकोबीचका भ्रमण भइरहने कुरा सामन्य कुरा हो । यो भ्रमण आदानप्रदान कस्ले गर्छ । हाम्रो परराष्ट्र मन्त्रालय छ तर परराष्ट्र मन्त्रालयमा कुनै जानकारी आउँदैन । नेपालका राजदुत अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा गएर कुराकानी गर्नुहुन्छ । अमेरिकाका जर्नेल नेपाल भ्रमण गर्नुहुन्छ । नेपाली सेनाका प्रधानसेनापति अमेरिका भ्रमण गर्ने कुरा आउँछ र दुई देशका सेना र रक्षा मन्त्रालयको बीचमा सबै चाजोपाँजो मिलाइएको जस्तो सम्पूर्ण घटनाक्रमहरुले देखाएको छ । यो एकदमै आत्तति जनक कुरा हो । सत्तापक्षकै सांसद अमेरिकी भ्रमण गर्नु हुन्न भन्नु भएको छ ।’

उनले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्री पत्नी आरजु राणा सल्लाह लिन भारत गएको बताए । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा स्टेट पार्टनरसिप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी भइरहेको पनि आरोप लगाए । आरजु अहिले स्टेट पार्टनरसिप कार्यक्रममा हस्ताक्षर परामर्शकै लागि भारत गएको रावलले बताए । उनले अमेरिकी सेनाको युटा नेशनल गार्डलाई नेपाल ल्याउने योजनाअनुसार स्टेट पार्टनरसिप सम्झौताको तयारी हो भने निकै गम्भीर कुरा भएको भन्दै प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्ने बताए । 

रावलले अमेरिका भ्रमण र हस्ताक्षरका विषयमा समितिलाई परराष्ट्र मन्त्रीले जानकारी दिएर नहुने बताए । गठबन्धनका नेतालाई समेत थाहा नदिई अमेरिकी सेनाको युटा नेशनल गार्डलाई नेपाल ल्याउने योजनाअनुसार स्टेट पार्टनरसिप सम्झौताको तयारी गरेको बताए । 

Advertisement

Advertisement