शशांक तर्क– देउवाको भूमिका ठिक छ, विरोध गर्नुपर्ने ठाउँ नै छैन्

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको जिकिर गरेका छन् । 

विपक्षी दलहरुले सरकारको चर्को आलोचना गरिरहेको बेला उनले भने देउवाको प्रशंसा गरेका हुन् । शशांकले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रुपमा लिएको निर्णयमा आफूहरुको कुनै विरोध नभएको बताएका छन् । 

Advertisement

सोमबार संसद भवन परिसरमा उनले पार्टी भित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमती राख्नुपर्ने कुनै कारण नरहेको बताउँदै पार्टीका पदाधिकारीहरुलाई पनि देउवाले पद अनुसारको भूमिका दिएको दावी गरे । 

शशांकले भने, ‘हरेक निर्णय गर्दा हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजीले सबैसँग सल्लाह गर्नु हुन्छ । सर्बदलीय बैठकमा मुख्यमुख्य मान्छेहरु गएर निर्णय गरिन्छ । तर धेरैजसो निर्णयहरु ठिकै भएको छ । यसमा हाम्रो कुनै विरोध छैन । पदाधिकारीहरु सबैले आ–आफ्नो भूमिका पाईरहेका छन ।’

उनले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण आयोग आफू मातहत राख्ने नराख्ने भन्ने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएकाले त्यसमा विरोध गर्नुको कुनै अर्थ नरहेको बताए । 

तत्कालीन प्रधानमन्त्री केपी ओलीले ती दुवै निकाय आफ्नो मातहतमा ल्याएको भन्दै नेपाली काँग्रेसले विरोध गरेको थियो नि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा शशांकले त्योे अधिकार प्रधानमन्त्रीको भएकाले त्यसमा विरोध गरिरहन आवश्यक नभएको बताए । 

Advertisement

Advertisement