साँसद उठ्न रवि लामिछानेले ग्यालेक्सी टिभी छोडे, अब राजनीतिमा सक्रिय हुने

Advertisement

काठमाडौं । चर्चित टेलिभिजनकर्मी रवि लामिछाने ग्यालेक्सी टेलिभिजन छोडेका छन् । उनले आउँदो स्थानीय निर्वाचनमा काठमाडौंबाट साँसदमा स्वतन्त्र उम्मेदवारी दिन आफ्नो टेलिभिजन यात्रा अन्त्य गरेका हुन् । 

लामिछानेले टेलिभिजन छोडेर राजनीतिमा सक्रिय हुन लागेको समाचार यसअघि पहिलो पटक कर्पोरेट नेपालले प्रकाशित गरेको थियो । उनले ग्यालेक्सी टिभीमा आफ्नो हिस्साको शेयर बिक्री गरेर राजनीतिमा सक्रिय हुन लागेका हुन् । उनी आजै टेलिभिजनबाट विदा भएर निस्किएका छन् । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे ।लामिछानेकै कारण चर्चामा आएको ग्यालेक्सी टिभी उनले छोडेसँगै ओझेलमा पर्ने संभावना बढेको छ । 

Advertisement

काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने ? भन्ने कुरा सार्वजनिक नगरिसकेको लामिछानेले सकेसम्म स्वतन्त्र उम्मेदवारी दिने र यदि दलबाट उम्मेद्वारी दिए पनि जनताको नजरमा बदनाम भइसकेका दलहरुबाट उम्मेदवारी नदिने स्पष्ट पारिसकेका छन् । 

उनले सञ्चालन गर्दै आएको सिधा कुरा जनतासँग कार्यक्रम लोकप्रिय रहँदै आएको थियो । उक्त कार्यक्रमको अन्तिम संस्करण बिहीबार बेलुकी प्रसारण हुने जनाइएको छ । अब सो कार्यक्रम उनकै सहकर्मी युवराज कँडेलले गर्नेछन् । 

Advertisement

Advertisement