एसपीपी पास भए धेरै ठूलो संकट आइलाग्छ, हाम्रो स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छः रावल

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का नेता डा। भीमबहादुर रावलले नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० अस्वीकार गर्नुपर्ने बताएका छन् । 

रिपोटर्स क्लबमा बिहीबार उनले एसपीपीप्रति असहमति जनाउँदै एसपीपी सम्झौता गरेमा नेपाल शक्ति राष्ट्रको कठपुतली बन्ने दाबी गरे । नेपालमा पूर्व सुरक्षाकर्मी परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा रावलले एसपीपीमा सहभागी भए नेपालको भविष्य र सुरक्षाको खतरा हुने बताए । 

Advertisement

एसपीपीको दिशातर्फ गएमा नेपाल अमेरिकी सेनाको अखडा हुने भन्दै रावलले भने, ‘नेपालको संविधान मिचिन्छ । नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ । र, नेपाल ठूला शक्ति राष्ट्रको तीव्र प्रतिस्पर्धाको भुमरीमा धकेलिन्छ । नेपाली जनता ध्वस्त हुन्छन्, नेपालमाथि धेरै ठूलो संकट आइलाग्ने र यसको परिणाम नेपालको अस्मिता र अस्तित्वमाथि नै ठूलो खतरा उत्पन्न हुन्छ ।’ । 

नेता रावलले राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको लागि राष्ट्रिय सहमति भए मात्रै राष्ट्र हित मान्न सकिने बताए । उनले हल्लाको बीचमा एमसीसी पारित गरेजस्तो गरेर फेरि एसपीपीमा सहभागी भई नेपालमाथि आघात पुर्याउने छुट कसैलाई पनि नभएको बताए । 

उनले भने, ‘अमेरिकी दूतावासले ३ वर्षअघि नै राज्य साझेदारी कार्यक्रम अर्थात स्टेट पार्टनरसिप प्रोगाममा नेपालले हस्ताक्षर गरिसकेको थियो । अब नेपालले कुनै सम्झौता नै गर्नुपर्दैन् । तिमी स्वतः सदस्य भयौ भनेर जबरजस्ती गर्ने भाषामा आएको छ । म यहीँबाट प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई सुझाव दिन चाहन्छु कि उहाँले नेपाली जनतालाई संविधानको धारा ५१ अनुसार २७९ बमोजिम नेपालले अनुसरण गर्दै आएको स्वाधिन परराष्ट्र नीतिको अनुशरण गर्नेछु, अमेरिकाले भने पनि म स्वीकार गर्दिन, म मान्दिन भनेर स्पष्ट भन्नुपर्छ ।’ 

परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम नेपालको हितमा भएको र उक्त कार्यक्रम रणनीतिक नभएको भनेको स्मरण गदै रावलले त्यस भनाईमा आपत्ति जनाए । तर, नेपाली सेनाले दिएको स्पोष्टोक्तिबाट भने आफु खुशी भएको उनको भनाई छ । 

रावलले स्टेट पार्टनरसिप प्रोग्राम अमेरिकाको हिन्द प्रशान्त रणनीति २०१९ को अंग भएको दाबी गरे । उनले यसबाट अमेरिकाले विभिन्न देशसँग सैनिक सम्बन्ध कायम गरेर सैनिक क्षमता बढाइने कुरा प्रष्ट रुपमा सम्झौतामा उल्लेख गरेको दाबी गरे । 

तत्कालिन नेकपाको स्थायी कमिटिको बैठकमा ३ वर्षअघि नै एसपीपीको सदस्य भएकोबारे चलेको हल्लामा बास्तविकता के हो रु भनेर पार्टीमा प्रश्न उठाउने आफु पहिलो व्यक्ति भएको रावलले बताए । अमेरिकाको दूतावासले भनेझंै आफ्नो पालामा केही नभएको उनले स्पष्ट पारे । 

रावलले सरकारले मुल एमसीसी सम्झौता त संसदमा १ प्रतिशत मात्र पेश गरेको भन्दै गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले होहल्लाको बीचमा जबरजस्ती छलफल गर्न नदिएर संसदबाट सम्झौता अनुमोदन गरेको आरोप लगाए । 

प्रधानमन्त्री देउवाले नाटक मञ्चन गर्दै १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा अमेरिकासँग कुरा गरेको भनी झुक्काएको पनि उनले आरोप लगाए । रावलले व्याख्यात्मक घोषणालाई अमेरिकाले मानेको पत्र संसदमा राख्न आफूले माग गरेको तर अझैसम्म प्रधानमन्त्रीले उक्त पत्र दिन नसकेको बताए । 

देशमाथिको बाह्य हस्तक्षेप सहेर बस्ने व्यक्ति सच्चा नेपाली नहुने भन्दै रावलले एक पटकका सेना, एक पटकका सुरक्षाकर्मीहरु सधैंको सेना हुने पनि सुनाए । 

इतिहासविद प्राडा पे्रमसिंह बस्न्यातले अमेरिकाले प्रस्ताव गरेको एसपीपीबारे नेपाली जनतालाई भ्रममा नराखी वास्तविकता बाहिर ल्याउनु सरकारको प्रमुख दायित्व रहेको बताए । 

उनले एसपीपीमा नेपाल कुनै पनि हालतमा सहभागी हुन नहुने बताए । उक्त कार्यक्रममा नेपाल सहभागी भए देशको अस्तित्वमाथि नै संकट आईपर्ने बस्न्यातको टिप्पणी छ । 

एमसीसीको भन्दा अहिले परिस्थिति फरक रहेको भन्दै उनले राष्ट्रघाती एसपीपी सम्झौताको बिरुद्धमा एकजुट हुन सर्वसाधारण, पूर्वसुरक्षाकर्मी एकजुट भएर नेपाली भूमिमा बुट बजार्न दिन नहुने बताए । नेपाली धर्तीको माटो बचाउनुपर्ने अवस्था आएको उनले सुनाए ।  

Advertisement

Advertisement