अमेरिकासम्म पुग्ने गरेर प्रधानसेनापति विदेश भ्रमणमा निस्किए

Advertisement

काठमाडौं । प्रधानसेनापति पर्शुराम शर्मा अमेरिकासम्म पुग्ने गरेर शनिबार विदेश भ्रमणमा निस्किएका छन् । सात सदस्यीय टोलीसहित उनी आज लेवनानतर्फ प्रस्थान गरेका हुन् । 

शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरे । द्धनद्धग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ गर्न भन्दै राष्ट्र संघीय मिशनमा नेपाली सेना पनि सहभागी हुँदै आएको छ । त्यहाँ खटिएका नेपाली सेनाको हौसला बढाउन र मिशनको भावी योजनाबारे जानकारी दिन शर्मा लेवनान प्रस्थान गरेको जनाइएको छ ।

Advertisement

लेवनानपछि सिरियाहुँदै असार १३ गते अमेरिका पुग्ने योजनामा रहेका शर्मा असार १९ गते मात्रै स्वदेश फर्किने छन् । सेनापतिको भ्रमणको क्रममा अमेरिकासँग सैन्य सहायतासम्वन्धी एसपीपी सम्झौता हुन लागेको भन्दै कम्युनिष्ट नेताहरुले विरोध जनाउँदै आएका छन् । तर सेनापति शर्माले भने त्यस्तो नहुने बताएका छन् । 

Advertisement

Advertisement