मैले खोजी गरें, एसपीपी ओलीले अघि बढाएका रैछन्ः वामदेव गौतम

Advertisement

काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दावी गरेका छन् । 

सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताएका हुन् । गौतम कोइराला नेतृत्वको सरकारको उपप्रधानमन्त्री हुन् । 

Advertisement

यसको सुरुवात जसले गरे पनि त्यसबेलाका प्रधानमन्त्री ओली यसलाई अघि बढाउन काममा संलग्न रहेको उल्लेख गर्दै उनले सदनलाई पनि सो कुरा बताउनुपर्ने बताए । 

गौतमले अध्यक्ष ओलीप्रति संकेत गर्दै सो सत्यकुरा बताउँदा कुनै पनि पार्टी र त्यसका नेताको व्यक्तित्व सानो नहुने बताए । उनले सरकार र सरकारको नेतृत्वको गरेको काँग्रेसले अघि नबढाउने भनेपछि एसपीपी सम्बन्धि समस्या समाधान भएको पनि पटकपटक दोहोर्याए । 

साँसद गौतमले सो प्रस्तावबारे संसदमा आएर जवाफ दिन भने प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । उनले भने, ‘अहिले एमालेका अध्यक्ष कमरेड केपी ओलीले सुरु गर्नु भयो यो सम्झौता भनेपछि सुशील कोइरालाले हो भनेको हुनाले म पनि त्यसमा संलग्न हुन्छु । म फेरि प्रधानमन्त्रीले गरेको, म त्यसमा संलग्न छैन भन्दिन । त्यो सरकारमा सामेल भईसकेपछि प्रधानमन्त्रीले गरेको काम प्रधानमन्त्रीले व्यक्त गरेको विचारसित सहमत हुनुपर्दछ । त्यसो भएर ममाथि पनि आरोप लाग्न सक्दछ भनेर मैले त्यस सम्बन्धमा खोजी नीति गर्दा अब के के भएको हो, अस्तीमात्रै एउटा पत्र आएको छ । र, त्यो पत्रले प्रष्ट पारिदिएको छ–यसको सुरुवात जसले गरेको भए पनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री भएको अध्यक्षज्यू, त्यसमा संलग्न हुनुहुन्छ ।’

गौतमले थपे, ‘अब सदनलाई साँचो कुरा बताउनु पर्दछ–र सत्य बताउँदा कोही पनि सानो हुँदैन । पार्टी पनि सानो हुँदैन, व्यक्तित्व पनि सानो हुँदैन । र, हामीले अव चाँही त्यस्तो किसिमको काम गरौं । एमसीसी पास गरलगत्तै एसपीपी (स्टेट पार्टनरसिप प्रोग्राम) आयो । यसलाई मिडियाले जब बाहिर ल्यायो, त्यसपछि अरु धेरै जस्तै म पनि ज्याँदै संवदेनशील भएँ, झसँग भए । कि यो एसपीपी सम्झौता नेपाललाई अमेरिकी सैन्य गठबन्धनको हिस्सेदारी बनाउनका निम्ति ल्याइएको हो । प्रष्ट भयो—जव समाचारहरु हेर्न थालियो, त्यसका पक्ष विपक्षमा विचारहरु आउन थाले । कि हामी कुनै पनि हालतमा नेपाललाई त्यसमा संलग्न गराउन हुँदैन । यो नेपाली काँग्रेसका नेताहरुले पनि बुझ्नु भयो । अरुले पनि बुझ्नु भयो । नेकपा एमालेलगायतका अरु धेरै साथीहरुले, सांसदमा रहेका पार्टीहरुले, संसदले समेत बुझेको मलाई महसुस भएको छ । र, यसको सम्बन्धमा एउटा विवाद सुरु भयो । कुन बेला विवाद सुरु भयो भने, जब संसदमा प्रतिनिधिसभामा कुरा उठ्यो, एसपीपी पास गर्नकै निम्ती प्रधानमन्त्री अमेरिका जाँदै हुनुहुन्छ भन्ने विषय उठ्यो ।’

सांसद गौतमले प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा उठेका प्रश्नको जवाफ आफैंले नदिएर संसदीय मर्यादामाथि आघात पुर्याएको दावी समेत गरे ।

Advertisement

Advertisement