एसपीपी सम्झौताबारे सोधखोज गर्न समितिले बोलाएको बैठकमा देउवा नगएपछि रावल रुष्ट

Advertisement

काठमाडौं । अमेरिकासँग हुन लागेको भनिएको सैनिक साझेदारीसम्वन्धी एसपीपी कार्यक्रम र प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणबारे सोधखोज गर्न संसदको अन्तर्राष्ट्रिय समितिले बोलाएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा जान अस्वीकार गरेका छन् । 

समितिले देउवालाई आइतबार बिहान समितिको बैठकमा बोलाएको थियो । देउवा नआउने खबरपछि नेकपा एमालेका नेता तथा पूर्वरक्षामन्त्री भीम रावलले प्रधानमन्त्री देउवा राष्ट्रघात र संविधान तथा लोकतन्त्रविरुद्ध लागेको भन्दै आफूले समेत हस्ताक्षर गरेर बनाएको प्रधानमन्त्रीले अनुत्तरदायी व्यवहार देखाएको आरोप लगाए । 

Advertisement

उनले देउवा नआएकोप्रति आपत्ति जनाउँदै रावलले बैठकले निर्णय गरेर देउवाप्रति खेद व्यक्त गर्नुपर्ने बताए । उनले बैठकबाट एसपीपी सम्बन्धी अहिलेसम्मका प्रस्ताव रद्द गरेको पत्र लेख्न सरकारलाई निर्देशन पनि दिनुपर्ने बताए ।

रावलले भने, ‘हिजो म पनि त्यो उहाँलाई प्रधानमन्त्री बनाउने समय सम्झन्छु । संविधानको रक्षा गर्न,लोकतन्त्र अप्ठेरोमा पर्यो भनेर मैले पनि सही गरेर प्रधानमन्त्री बनाइयो । इतिहासमा त्यसको समिक्षा होला, यही हो लोकतन्त्रको रक्षा गरेको रु यही हो संविधानको रक्षा गरेको रु यस्तो गैरजिम्मेवारी पनि हुन्छ रु समितिले खेद व्यक्त गर्नुपर्छ उहाँप्रति ।’ उनले संसदबाट भागेर देउवाले गल्ती ढाकछोप गर्न खोजेको बताए । 

Advertisement

Advertisement