दुर्गा प्रसाईंले आफूलाई सुनको लौरो दिने मास्तुकलाई ओलीसँग भेट गराए

Advertisement

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिने संयुक्त अरव इमिरेट्स (यूएई)का शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् । 

एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रसाईंको पहलमा उनले ओलीसँग बालकोटमा मंगलबार भेटवार्ता गरेका हुन् । माक्तुमले यूएईबाट ल्याएको सुनको लौरो काठमाडौं आएपछि विमान चार्टर्ड गरेर झापा पुगी प्रसाईलाई उपहार दिएका थिए । 

Advertisement

गृह मन्त्रालयको निर्देशनमा उनका औपचारिक कार्यक्रममा रोक लगाइएको हो । उनको निजी भ्रमण भएकाले कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको हो ।

Advertisement

Advertisement