मूल्यवृद्धि, मल अभाव, भ्रष्टाचारलगायत विरुद्ध राप्रपाको असार १३ बाट देशव्यापी आन्दोलन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मूल्यवृद्धि, मल अभाव लगायतका मा राख्दै असार १३ गतेबाट देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ माग सम्बोधन गर्न अल्टिमेटम दिएको छ । आन्दोलदनका कार्यक्रम ३१ गतेसम्मका लागि सार्वजनिक गरिएको छ ।

राप्रपाका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको छ ।

Advertisement

किसानको मागअनुसार रासायनिक मलको आपूर्ति हुन नसकेकाले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने, प्रधानमन्त्रीलाई बुझाएको माग सम्बोधन गर्न असार १७ गते ७७ वटै जिल्लाका सदरमुकाममा राँके जुलुस गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, असार १९ गते पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बीमा लगायतका मागसहित श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने, असार २४ गते भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र कोणसभा गर्ने, असार २७ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा पाठ्यपुस्तक अभाव हटाउन माग गर्दै जनक शिक्षा सामग्री केन्द्रमा र कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गराउन माग गर्दै उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र बुझाउने, असार ३१ गते राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसाविरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिने निर्णय भएको छ । 

Advertisement

Advertisement