नेपालका लागि नयाँ भारतीय राजदूत काठमाडौं आइपुगे

Advertisement

काठमाडौं । नेपालका लागि नयाँ भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । शनिबार काठमाडौं आएका उनले ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्या भण्डारीलाई बुझाएपछि मात्रै काम सुरु गर्नेछन् । 

भारतीय विदेश सेवामा रहेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका व्यक्ति हुन् । उनलाई चीन मामिलाका जानकारको रुपमा हेरिन्छ । उनी नियुक्ति भएको केही महिनापछि मात्रै काठमाडौं आएका हुन् । 

Advertisement

यसअघि नेपालका लागि विनयमोहन क्वात्रा राजदूत थिए । उनी अहिले भारतीय विदेश सचिव छन् । क्वात्राको विदाई कार्यक्रममा बहालवाला प्रधानमन्त्रीदेखि प्रधानमन्त्री भइसकेका नेताहरुसमेत पुगेपछि निकै आलोचना भएको थियो । 
 

Advertisement

Advertisement