राजीनामा गर्न चर्को जनदबाब हुँदा पनि अर्थमन्त्री भन्छन्– म राजीनामा दिँदैदिन्न

Advertisement

काठमाडौं  । अर्थमन्त्री जनार्दन शर्माले आफूले पदबाट राजीनामा नदिने अडान राखेका छन्। बजेट निर्माणमा अनधिकृत मानिसलाई प्रवेश गराएको र उक्त तथ्य बाहिरिएपछि अर्थ मन्त्रालयको सीसीटीभी फुटेज मेटाएपछि उनले राजीनामा दिनुपर्ने माग चौतर्फी उठेको छ । 

तर प्रधानमन्त्री शेरबहादुर देउवाको संरक्षण पाएका मन्त्री शर्माले मंगलबार राजीनामा नदिने  अडान राखे । उनले भने कुनैपनि हालतमा आफूले राजीनामा नदिने प्रतिक्रिया हुन् । 

Advertisement

रिपोर्टर्स क्लबको प्रतिनिधिसँग कुरा गर्दै मन्त्री शर्माले भने, ‘‘मैले किन राजीनामा दिने ? के गल्ती गरेको छ र ?’ माओवादी केन्द्रको आज बिहान बसेको सचिवालय बैठकमा समेत अर्थमन्त्री शर्माले राजीनामा दिन नपर्ने कुरा उठेको थियो ।

कांग्रेसकै सांसद गगन थापाले अर्थमन्त्रीको राजीनामा मागेको बेलामा प्रधानमन्त्री शेरबहादुर देउवा भने अर्थमन्त्री हटाउने पक्षमा छैनन् । 

Advertisement

Advertisement