पहिलो पटक जहाज चढ्दाको अविश्मरणीय अनुभव

Advertisement

हरेक नयाँ काम गर्दा वा नयाँ अनुभव लिँदा नौलो लाग्दा । डर र कौतुहलता हुनु स्वाभाविक हो । मलाई पनि जहाज चढ्ने अवसरले अनुभूति गरायो । हुन त अहिलेको समयमा जहाज चढ्ने कुरा धेरैलाई सामान्य लाग्ला । तर यो अवसर पहिलो पटक अनुभव गर्दा मेरा लागि नौलो अनुभवसँगै महत्वपूर्ण अवसर पनि थियो । त्यसमाथि आन्तरिक उडानको जहाज मात्रै नभएर अन्तर्राष्ट्रिय उडानको वाइडबडी जहाज चढ्ने अवसर पनि मिल्यो ।

हुन त म काठमाडौंमै बसेहुर्केर्की हुँ । तर यतिको लामो समयसम्म कहिल्यै जहाज चढ्ने अवसर मलाई मिलेको थिएन् । चढ्छु भन्ने पनि सोचेको थिइन् । काठमाडौँमै बसेर होला, खासै कतै टाढा जानुपर्ने काम नै यतिका वर्ष परेन् । यी दुवै खालका जहाज चढ्ने अवसर कर्पोरेट नेपालले जुराइदियो । 

Advertisement

पर्यटकीय नगरी पोखरा गाडीमा म तीन पटक पुगिसकेको थिए । तर कर्पोरेट नेपालमा काम सुरु गरेको एक महिनामै जहाजमा पोखरा गएर आउने मिल्यो । कर्पोरेट नेपालले हरेक बर्ष नयाँ बर्षमा पत्रकार तथा कर्मचारीले नयाँ ठाउँ घुम्न लैजाने परम्पराअन्तर्गत यस पटक (२०७९) मैले पनि सहभागी हुने मौका पाए । 

जहाजमा पोखरा गएर आउने कुरा अफिसबाट भएपछि नै मेरो मनमा खुशीसँगै एक खालको डर पनि लागिरहेको थियो । कुरा चलेको दिन अफिसबाट घर फर्किरहँदा मनमनै सोच्न थालें ‘साच्चिकै पोखरा जान लागेको हौं जहाजमा ?’ बैशाख २ गते पोखरा गएर ३ गते फर्किने कार्यक्रम थियो । म कहिले २ गते आउला र जहाज चढौंला । फोटो खिचौला भन्ने मात्रै थियो । 

वैशाख २ दिउसो त्यस्तै १ः३० मा विमानस्थल पुग्यौं सबै । यती एअरलाइन्सको टिकट थियो हाम्रो । जहाज उड्ने समयको प्रतिक्षा गर्दा नै म आकाशमा उडिरहेको कल्पना गर्दैथिए । जहाज पार्किङस्थलमा पुग्नासाथ हतार हतार फोटोहरु खिच्न थालें, विभिन्न पोजमा, समूहमा । आँखा नजिकै जहाज देख्दा ओहो ! 

जहाज चढेसँगै मनमा लागिरहेको थियो कि म सपनामा त छैन् ? जब जहाज तीब्र गतिले दौडिएर उड्यो, निकै डर पनि लाग्यो । मनमा नकारात्मक कुराहरु पनि आउन थाल्यो । केही वर्ष अगाडी त्रिभुवन अन्र्ताष्ट्रिय विमानस्थलमा बंगलादेश जहाज दुघटना भएको याद आयो । जहाजहरु पहाडमा ठोक्किएका समाचार याद आउन थाले । मनमनै भगवानलाई सम्झिन थाले । जब जहाज बादलभित्र पुग्यो, म कतै हराईरहेको थिए । बादलका कारण जहाज हल्लिँदा झस्किन्थें । 

काठमाडौँबाट भर्खरै जहाज उढे जस्तो लागेको थियो, पोखरा आइपुगेछ । अवतरण गर्दाको क्षण पनि झस्काउने खालको थियो । यो मेरो जीवनको पहिलो अनुभव थियो । त्यो भएकाले डर स्वाभाविक नै थियो । मैले जहाज आकाशमा कसरी उड्दो रहेछ ? भन्ने महशुस गर्न पाए । यो मेरो जीवनको अविश्मरणीय समय थियो । भोलिपल्ट काठमाडौं फर्किंदा पनि राम्रै रह्यो । म जहाज चढ्ने कुरामा अभ्यस्त हुँदै थिए । र, फोटो र भिडियो खिच्ने अवसरलाई खेर जान भने दिइन् । 

मैले एकै महिनामा अन्तर्राष्ट्रिय उडानको जहाज पनि चढ्ने मौका पाए । तर यो विदेशको उडान थिएन् । नेपाल एयरलाइन्सको वाइडबडी जहाज भैरहवास्थित देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्दा सहभागी हुने अवसर मिल्यो । बैशाख १५ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको नेतृत्वमा विभिन्न क्षेत्रमा मानिसहरु सहभागी हुँदा म पनि पत्रकारको रुपमा सहभागी हुन पाए जुन मेरो लागि महत्वपूर्ण अवसर पनि थियो । सानो जहाज चढे पनि ठूलो जहाजमा चढ्दाको अनुभव फरक थियो । सेवा र सुविधा फरक थियो । यस्तो अवसर पाइराखौं । 

Advertisement

Advertisement