बेकोको इन्भटर एअर कन्डीसनर बजारमा, यस्ता छन् विशेषता

Advertisement

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सले यूरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोको अत्याधुनिक फिचर्स सहितको कम बिजुली खाने इन्भटर एअर कन्डीसनर नेपाली बजारमा सार्वजनिक गरेको छ । 

जाडो र गर्मी दुबै मौसममा उपयोगी यो एअर कन्डीसनरमा गो क्लिन, जोनफलो, गोल्ड गार्ड जस्ता अत्याधुनिक फिचर्स तथा टेक्नोलोजीहरु रहेका छन् ।

Advertisement

यसको गो क्लिन टेक्नोलोजीले एअर कन्डीसनरमा टासिएको धुलो र फोहोरहरु आँफै पखाल्छ जसले गर्दा एअर कन्डीसनरमा ब्याक्टेरिया र ढुसी जम्न दिदैन, गन्ध घटाऊँछ र उपभोक्तालाई ताजा र स्वच्छ हावा प्रबाह गर्छ। साथै यसको गोल्ड गार्ड फिचर्सले एअर कन्डीसन उच्च क्षमतामा चलाई लामो समयसम्म टिकाउन मद्त गर्छ । यसको जोनफलो टेक्नोलोजीले प्रयोगकर्ता बसेको ठाउँको तापक्रम महसुस गर्छ र स्वचालित रूपमा कोठाको तापक्रम समायोजन गर्छ ।

यसको रिमोटमा बिशेष सेन्सर हुन्छ जसको प्रयोगले प्रयोगकर्तालाई  कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम महसुस गराउछँ । कम्पनीका अनुसार यो एअर कन्डीसनर नेपाली बजारमा १ टन, १.५ टन र २ टनमा उपलब्ध छ र यसमा १० बर्षको वारेन्टी रहेको छ। 

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हात्तीगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा र भरतपुरमा छन् ।  

Advertisement

Advertisement