एमसीसी पास गर्दा व्याख्यात्मक घोषणा नगरेको भए मुलुक तहसनहस हुनेरैछः माधव नेपाल

Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्द गरेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका जान नपाएको बताएका छन् । 

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले एसपीपी रद्द गरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका हुन् । एमसीसीलाई व्याख्यात्मक घोषणा गरेर मात्रै पास गर्नु नै ठूलो कुरा भएको माधव नेपालको तर्क छ । 

Advertisement

उनले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्दासमेत अमेरिकीहरुको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघिपछि लगाउने काम गरिरहेको बताए । माधव नेपालले एमसीसी जस्ताको त्यस्तै पास गरेको खण्डमा देश तहसनहस हुने दाबी गरे । 

माधव नेपालले व्याख्यात्मक घोषणा गर्दासमेत छिमेकी देशलाई संवेदनशील बनाउने काम भइरहेको बताए । उनले नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी गरे । 
 

Advertisement

Advertisement