देउवाको दास हुन सकिन्नः शेखर कोइराला, ‘किन्न लागेको हतियार इटलीको, एजेन्ट चिनियाँ किन ?’

Advertisement

नवलपरासी । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूहरु सभापति शेरबहादुर देउवाको दास नभएको बताएका छन् । गैंडाकोटमा शनिबार आयोजित एक कार्यक्रममा उनले नेतृत्वले गलत गर्दा बोल्नुपर्ने बताउँदै आफूहरू कसैको दास नभएको बताए । 

देउवाको जाम नलिईकन कोइरालाले अहिलेको नेतृत्वलाई सही बाटोमा हिँडाउन र कांग्रेसको अस्तित्व बचाउनका लागि आफूहरू लडिरहेको भन्दै भने, ‘नेतृत्वलाई गलत गर्‍यौँ भनेर भन्न सकेनौँ भने तिमीहरू दास हौ भन्नु भएको थियो बीपी कोइरालाले । हामी कसैको दास होइनौँ । हामीलाई लागेका कुराहरू हामी भन्छौँ । हामी बोल्छौँ ।’ 

Advertisement

उनले कांग्रेस र कम्युनिस्टबीचको गठबन्धन नमिले जस्तो देखिएको बताए । समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको भन्दै कोइरालाले  विचार मिल्नेहरूसँग मात्रै तालमेल र गठबन्धन हुनुपर्ने बताए । 

कोइरालाले नेपाली कांग्रेसको विचार र सिद्धान्तलाई कमजोर नबनाइकन आगामी चुनावमा तालमेल र गठबन्धन गर्नेबारे निर्णय गर्न पनि नेतृत्वलाई सुझाव दिए । 

कोइरालाले विदेशी मुद्रा सिञ्चिति घटिरहेको अवस्थामा नेपालमा हतियार खरिद गर्न आवश्यक नरहेको बताउँदै हतियार खरीद गर्ने निर्णयको आलोचना गरे  । कसको रुचीमा हतियार खरिद गर्न लागिएको हो ? भन्दै उनले ‘हतियार इटलीमा बनेको छ, एजेन्ट चाइनीज छन् । यो सब किन भइरहेको छ ? भनी प्रश्न गरे । कोइरालाको संकेत हतियारको व्यापारी दीपक भट्टतर्फ थियो । उनी चिनियाँ एजेन्टको रुपमा चिनिन्ँछन् । 

Advertisement

Advertisement