ओलीले कांग्रेसलाई एक्लाएर एकता गर्न आउन माओवादी र नेकपा एसलाई बोलाए

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले काँग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन बामपन्थी राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । 

काँग्रेसको पुच्छर बनेर हिँडने, अनि बामपन्थीबीच एकता गरेर जाने कुरा भने हुनै नसक्ने उनको भनाई छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बामपन्थी एकताका लागि ओलीलाई आग्रह गरेपछि ओलीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस)लाई एकताका लागि आउन आग्रह गरेका हुन् । 

Advertisement

उनले काँग्रेस नेतृत्वको सरकार छाडेर आएमात्रै बामपन्थी दलहरुबीच एकताका लागि आफू र आफ्नो पार्टी तयार हुने सर्त तेस्र्याए । ओलीले कम्युनिष्ट नेतृत्वको सरकार ढालेर हिँडनेहरु बामपन्थी हुनै नसक्ने जिकीर गर्दै यदि छन भने एकताका लागि आफू तयार रहेको पटकपटक बताए । 

उनले काँग्रेसलाई छोडेर बाम एकताका लागि आउने हो भने आफूले मुलुकको हितमा काम गर्ने सरकार बनाउन चाहेको पनि बताए । ओली भने, ‘नेपालमा बामपन्थी पार्टीहरु छन भने काँग्रेसका पछि नलाग्न, गठबन्धन छोडन, देशघाती काम नगर्न, अनि एसपीपी नगर्न र बामपन्थी एकतामा आउन आग्रह गर्दछु । चौंरीको पुच्छरजस्तो काँग्रेसको पुच्छर भएर हिँडने अनि बामपन्थी पार्टी भनेर हुन्छ ? खै, बामपन्थी पार्टी ? कम्युनिष्ट सरकार ढालेर काँग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भनेर अदालतमा धाउनेहरु बामपन्थी ? म आग्रह गर्न चाहन्छु–कोही बामपन्थी हुनुहुन्छ भने आउनुस, गल्ती भईहाल्यो छोडिदिऊ । एमालेसँग मिलेर काँग्रेस विरोधी होइन, देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं ।’

ओलीले नेपालको इतिहासमै सबैभन्दा बढि मुलुकको राष्ट्रियता र स्वाभिमानमाथि हुर्मत लिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरे । २००७ सादेखि २०१२ सालसम्म पनि नेपालको राष्ट्रियमाथि ठूलै प्रहार गरेको उल्लेख गर्दै उनले त्यसयता वर्तमान काँग्रेस नेतृत्वको सरकारले पनि मुलुकको राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए । 

ओलीले थपे, ‘हाम्रो देशशक्ति बनावटी कुरा होइन । हुनुहुँदैन । बनावटी कुराले राष्ट्रहितको संरक्षण र सम्वद्र्धन गर्न सकिदैन । अहिलेको सरकारको हालत हुन्छ बनावटी कुरा ग¥योभने । असंलग्न भन्दै ग¥यो, ढल्किन हुन्न भन्दै ग¥यो, पूरै ढल्क्यो । अहिलेकै सरकारको हालत हुन्छ क्या । नेपालको विदेशी नीति २००७ देखि २०१२ सालसम्म धेरै तल गयो । त्यसपछि बढ्दै घटदै आयो होला । अहिलेको समयमा यो गठबन्धन सरकारले जति सात १२ पछि अहिले जति राष्ट्रियताको, स्वाभिमानको, हााम्रो भौगोलिक अखण्डताको, हाम्रो स्वतन्त्रताको, हाम्रो सार्वभौमसत्ताको अपमान र हुर्मत कहिल्यै पनि भएको थिएन । प्रमाणसम्मत कुरा गरौैन । तथ्यसम्मत कुरा गरौन । सात सालपछि सम्झौता कसकसले गरे, केके गरे ? नेपाली काँग्रेसका नेताहरुलाई सम्झौंताबारे थाहा पनि छैन होला ।’

तथ्य र प्रमाणहरु आफूसँग भएको उल्लेख गर्दै ओलीले नाकाबन्दी र नेपालको नक्सा राष्ट्रको हितमा परिवर्तन गर्दा आफूले दुई पटकनै सरकारको नेतृत्व छोडनु परेको गुनासो समेत गरे । 

Advertisement

Advertisement