सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

Advertisement

काठमाडौँ । सनराईज बैंक  र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा संचालित मोको डिजिटल वालेटबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता सम्पन्न भइ सेवा सुरु भएको छ ।

यस सहकार्य पश्चात बैंकका ग्राहकहरुले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक गरी बिल भुक्तानी जस्तै मोबाइल टपअप, इन्टरनेट, बिद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न तथा १५०० भन्दा बढी मर्चेन्टहरुमा क्यू आर कोड मार्फत भुक्तानी गर्न सक्नेछन् ।

Advertisement

हालसम्म क्रेडिट कार्ड प्रयोगकर्ताले कार्ड मार्फत भुक्तानी गर्दा पिओएस मा वा इकमर्स मार्फत मात्र कारोबार गर्न सक्ने भएकोमा अब उप्रान्त क्रेडिट कार्डलाई मोको एपमा लिंक गरेपश्चात क्यू आर कोड स्क्यान गरेर समेत भुक्तानी कारोबार गर्न सक्ने भएकाले यो सेवाले डिजिटल भुक्तानीको बृद्धिमा थप सहयोग पुर्याउने बैंकको बिश्वास रहेको छ । 
 

Advertisement

Advertisement