सुगौली सन्धि र दिल्ली सम्झौताभन्दा पनि एमसीसी र एसपीपी नेपालको लागि खतरनाक छः विप्लव

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको दावी गरेका छन् । सोमवार एक अनलाइन पत्रिकाको उद्घाटनका क्रममा उनले इतिहासमै पहिलो पटक नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको दावी गरेका हुन् । 

विप्लवले सुगौली सन्धी र दिल्ली सम्झौता भन्दापनि खतरनाक बनेर एमसीसी र एसपीपी नेपालमा आइलागेको भन्दै नेपालमा राजनीतिक अस्थिरता दिनप्रतिदिन गहिरिँदै गएको बताए । संसदवादी पार्टीहरु देशको नेतृत्व गर्न असफल बन्दै गएको उनको भनाई छ । 

Advertisement

नेता विप्लवले मन्त्री बन्ने रोलक्रम राणाकालको झैँ भाइभारदारहरु राखेर भइरहेको बताए । उनले अहिलेका सरकारले पालोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पत्ति उडाउने र जनतालाई दुःख दिने जस्ता गतिविधिहरु मात्रै गरेको बताए । नेपालका संसदवादी पार्टीहरुलाई विदेशी साम्राज्यवादीका एजेण्टहरु भएको विप्लवको आरोप छ । 

उनले अहिलेको सरकारले तीन÷तीन महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने, देशलाई बेरुजुमा लगाउने, व्यापार घाटामा डुबाउने, अर्थतन्त्रलाई तहसनहस पार्ने, खाने, पैसा लुकाउने, कुम्ल्याउने तर जनताप्रति कुनै पनि उत्तरदायी काम नगर्ने गरेको बताए । 

नेता विप्लवले अहिलेका दलहरुले दलको स्वार्थका लागि केही मान्छेको झोली भर्नको लागि सिंगै दशेलाई मोलमलाई गरिरहेको बताए । उनले अहिलेको व्यवस्थालाई मुठीभर लुटेराहरुको व्यवस्थाको संज्ञा दिँदै शहीदको बलिदान दिएर ल्याउन खोजेको व्यवस्था यो नभएको बताए । उनले यो वासिङटन, दिल्ली, लण्डन र बर्लिनबाट तयार गरिएका योजनाहरुलाई  लागू गर्ने दलालहरुको व्यवस्था भएको र यो व्यवस्थामा मुठीभरका मानिसले मोजमस्ती गरिरहेको आरोप लगाए । एमसीसी नेपालीको दुःखबाट फाइदा उठाउने नीति भएको विप्लवको तर्क छ । 

Advertisement

Advertisement