नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्री खुलाएको छ। कम्पनीले संस्थापक शेयरधनी माला राजभण्डारीको नाममा रहेको ४ हजार ५६१ कित्ता, गायत्री सुवालको नाममा रहेको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको नाममा रहेको ५ हजार ७०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।  

यस संस्थापक शेयरमा इच्छुक विद्यमानशेयरधनी तथा सर्वसाधारणले आजका मितिदेखि ७ दिनभित्र आवस्यक कागजात सहित संस्थाको केन्द्रीय कार्यालय निलकण्ठ–३ धादिङबेशीमा निवेदन दिनुपर्नेछ। यसअघि जेठ १९ गतेदेखि बिक्रीमा ल्याएको संस्थापक शेयरमा संस्थापकशेयरधनीबाट ३५ दिनमा कुनै निवेदन प्राप्त नभएकोले संस्थाले पुनः बिक्रीमा ल्याएको हो ।

Advertisement

Advertisement

Advertisement