एनसीसी प्रफुल्ल मुद्दती खातामा १० गुणासम्म रकम पाइने

Advertisement

काठमाडौँ । एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले  निक्षेप रकमको १० गुणासम्म रकम पाउने छन् । 

सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । 

Advertisement

साथै पहिलो वर्षको लागि रु.५ लाख सम्मको दुर्घटना बीमा र रु.२ लाख सम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध छ ।

देशैभर शाखा सञ्जाल फैलिएको बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement