निर्यात वृद्धि, आयात प्रतिस्थापन र स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न निर्देशन

Advertisement

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी उत्पादन वृद्धि तथा ती उत्पादनलाई बजारीकरण गर्न पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।

पार्टीले जनप्रतिनिधिलाई जनताप्रति थप उत्तरदायी बनाउन यही साउन ४ र ५ गते काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता नगरी जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न निर्देशन दिएको महासचिव बेदुराम भुसालले जानकारी दिए । 

Advertisement

शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शीतालगायत विषयमा दिइएको प्रशिक्षण बैठकले सादा जीवन, उच्च विचारका साथ जनपक्षीय शैली अवलम्बन गर्न १६ बुँदे प्रतिबद्धतापत्र जारी गरेको छ । शिक्षा, आधारभूत स्वास्थ्य सेवा सुलभ तथा मानव अधिकारको प्रत्याभूत गर्न, जनताको विकास तथा निर्माणमा सार्वजनिक लगाानी बढाउने प्रतिबद्धता जारी गरिएको छ । 

सामाजिक न्याय तथा समानता कायम गर्न प्रतिबद्ध हुन निर्देशन गरिएको पत्रमा समाजवाद निर्माणको अनिवार्य सर्त समग्र मानव विकास भएकाले त्यस क्षेत्रको संशाधन विकासमा लगानी बढाउन, प्राकृतिक पर्यावरणको सुरक्षा गरी विकास निर्माणलाई वातावरणमैत्री बनाउने विषय उल्लेख गरिएको छ ।

राष्ट्रिय एकता र जनताका बीचमा मेलमिलाप र साम्प्रदायिक सद्भाव कायम गर्ने, स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्दै निर्यात वृद्धि, आयात प्रतिस्थापन र स्वावलम्बी अर्थतन्त्र निर्माण गर्ने विषय पत्रमा उल्लेख गरिएको छ । 

Advertisement

Advertisement