मौद्रिक नीतिले हाम्रा उद्योगहरु आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्दैनन्ः ढकाल

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले बैंकको ब्याजदर बढ्दा साना उद्योगी व्यवसायीले विदेशबाट आएको सामानहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने र त्यस्ता उद्योगहरुको पुनःउत्थान हुन नसक्ने बताएका छन् । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षका लागि जारी मौद्रिक नीतिबारे प्रतिक्रिया दिँदै नीतिले उद्योगहरुलाई खासै सेवा सुविधा नदिएको उनको भनाई छ । ढकालले भने, ‘कृषि तथा उत्पादनको क्षेत्रका व्यवसायीहरुलाई दुई करोडसम्म सौहुलियत दरमा लोन दिने भनिएको छ र पाँच करोडसम्म लोन लिएका उद्योगीलाई आगामी असोजसम्म ब्याज–स्याज नलिने भनिएको छ । यो बाहेक अरु खासै सुविधाहरु छैन । कोभिडले थला परेका उद्योगहरुलाई केही सहुलियत दियो तर जलविद्युत, पर्यटन क्षेत्रमा कुनै सुविधा दिइएन । केही उद्योगहरु भन्सारको दरका कारणले थला परिराखेको स्थिति छ, उता ब्याजदर बढाइएको छ ।’ मौद्रिक नीतिले ७ प्रतिशत रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको छ । 

Advertisement

मौद्रिक नीतिले बैंकहरुलाई टाइट नगरेर व्यवसायीहरुलाई टाइट गरेको गुनासो गर्दै ढकालले भने, ‘बैंकलाई टाइट गरेर व्यवसायको उत्पादन बढ्ने हिसाबमा मौद्रिक नीति ल्याएको भए हुन्थ्यो ।’त्यस्तै,  उत्पादन जसले गर्छ, त्यसलाई केही लोनको सुविधा दिएको भएपनि पहिला दिदैँ आएको सम्पत्ति मूल्यांकनको ४० र ५० प्रतिशत लोनबाट अहिले १० प्रतिशत घटाएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । उनले समग्रमा दुई–चार उद्योगलाई भने सुविधाको लोनले फाइदा पुग्ने भएपनि त्यो पनि पर्ख र हेरको स्थितिमा रहेको बताएका छन् । उनले भने, ‘दुई करोडसम्मको उत्पादन गर्ने क्षेत्रलाई सुविधाको लोनले समेटेको छ । तर, त्यो पनि भोलिका दिनमा तिनीहरुले पाउछन पाउदैनन्, कुनै निश्चित छैन । किनकि हामी कहाँ सधैंभरि त्यस्तै–भनेको वा नीतिमा भएका कुरा नगरिएको० देखिएको पनि छ ।’

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वित्तिय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व बढाइने, कूल ग्राहस्थ उत्पादन उच्च रहेकाले कर्जालाई उत्पादनशिल क्षेत्रमा प्रवाह गराइने, पुनरोत्थानतर्फ रहेका अतिप्रभावित क्षेत्रमा मात्र पुनरकर्जा उपलब्ध गराइने उनले बताए ।

Advertisement

Advertisement