सानिमा बैंकले शुरु गर्यो भिडियो केवाईसी सेवा, अब विदेशबाट सिधै खाता खोल्न सकिने

Advertisement

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी (भीकेवाईसी) सेवा सुरु गरेको छ । 

गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भीकेवाईसी गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् । ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । 

Advertisement

भीकेवाईसी सेवा मार्फत् ग्राहकहरूले बैंकका कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्ने छन् । 

ग्राहकहरुले अनलाइन खाता खोल्दा भीकेवाईसी विकल्प रोजी कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने हुन्छ । प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कल मार्फत् गरिनेछ ।

भीकेवाईसी प्रमाणीकरण प्रक्रियाको स्वीकृत भएपछि ग्राहकले आफ्नोे खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक रु. १ करोडसम्म खर्च गर्न सक्नेछन् । 

बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटिएम संचालनमा छन् । 

Advertisement

Advertisement