यामाहा नेपालले ल्यायो सहुलियत दरको फाइनानसिङ योजना

Advertisement

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले बहु–सुविधासहितको नयाँ ईएमआई बजारमा ल्याएको छ । 

देशमा व्याप्त आर्थिक मन्दिको असरलाई ध्यानमा राखी, सेवाग्राहीहरूलाई सहुलियतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइक/स्कुटर उपलब्ध गराउने उद्देश्यका साथ गत शुक्रबारबाट यस फाइनानसिङ योजना सञ्चालनमा ल्याइएको हो । 

Advertisement

कम्पनीका अनुसार, उक्त योजनाअन्तर्गत यामाहाको कुनै पनि बाइक/स्कुटर लिन चाहने सेवाग्राहीहरूले अब मात्र ४० प्रतिशत अग्रिम भुक्तानी गरी १८ महिने, २४ महिने र ३० महिनेसम्मको अधिक फाइनानसिङ सुबिधाहरूको लाभ लिन सक्नेछन् । 

यामाहाको बाइक÷स्कुटर खरिद गर्दा ग्राहकहरूले विभिन्न ‘प्राइस रेञ्ज’ अन्तर्गत एमआई अफरहरू प्राप्त गर्न सक्नेछन् ।  

यस योजनाअन्तर्गत रु. ३,२३,९००/– पर्ने एफ्जेड १६ एफआईको खरिदमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजनागरी प्रतिमहिना क्रमशः रु ११,३१६/– रु. ८,७८९/– र रु. ७,३४७/– को ईएमआई भुक्तान गर्नु पर्नेछ । रु. ३,४७,९००/– पर्ने एफ् जेड एक्स एफ्आई डब्ल डिस्कको खरिदमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः रु. १२,१५४/–, रु. ९,४४०/– र ७,८९२/– को ईएमआई भुक्तान गर्नु पर्नेछ । 

यसैगरी, रु. ३,९४,९००/– पर्ने एफ्जेडएक्स भि ०३ एक्स– कनेक्टको खरिदमा ४० प्रतिशत अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः रु १३,७९१/–, रु. १०,७१५/– र रु. ८,९५८/– को ईएमआई भुक्तान गर्नु पर्नेछ । रु. ४,३५,९००/– पर्ने एफजेड एक्सको खरिदमा ४० प्रतिशत अयिग्रम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. १५,२२९/–, रु. ११,८२८/– र रु. ९,८८८ को ईएमआई भुक्तान गर्नु पर्ने कम्पनीले जनाएको छ । 

कम्पनीको अनुसार, एम्टी १५ बि एण्ड बि, आर १५ भि ३, र आर १५ एम मोडलको बाइक खरिद गर्ने चाहनेहरूले भने ५० ५ अग्रीम भुक्तानी गर्नु पर्नेछ । एम्टी १५ बि एण्ड बि मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. १४,०८८, रु. १०,९४२, र रु. ९,१४७ को ईएमआई भुक्तान गर्नु पर्नेछ । आर १५ भि ३ मोडलको खरिदमा रु. १५,२८२/–, रु. ११, ८६९, र रु. ९,९२२ को ईएमआई भुक्तान गर्नु पर्नेछ । आर १५ एमको खरिदमा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः रु. १७,११६, रु. १३,२९३ र रु. ११,११३ को ईएमआई भुक्तान गर्नु पर्नेछ ।

यसैगरी, रेजेड्आर ड्रम १२५, रेजेड् ११३ र रेजेड्आर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलका स्कुटरहरू खरिद गर्न चाहनेहरूले ४०५ अग्रीम भुक्तानी मै लिन सक्ने कम्पनीले जनाएको छ । रेजेड्आर ड्रम १२५ मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. ९,१५०,  रु. ७,१०६ र रु. ५,९४१ को ईएमआई भर्नु पर्नेछ । रेजेड् ११३ मोडलको स्कुटरको खरिदमा क्रमशः रु. ७,६८२, रु. ५,९६७ र रु. ४,९८८ को ईएमआई भर्नु पर्नेछ । त्यसैगरी, रेजेड्आर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलको स्कुटर खरिद गर्न चाहनेहरूले १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. १०,१२८, रु. ७,८६६, र रु ६,५७६ को ईएमआई भर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।

Advertisement

Advertisement