स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६२.२७ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.२७ प्रतिशत बढी हो।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा उल्लेख्य बढेको हो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.८६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३३.१९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३१.६७ प्रतिशत र सञ्चालन मुनाफा ६१.५४ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ छ।

Advertisement

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। यस अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ७५ पैसा बढेर २४ रुपैयाँ ७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ छ। बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष १३.४० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ६.९२ प्रतिशत र कर्जा २६.८६ प्रतिशत बढेको छ।

Advertisement

Advertisement