कांग्रेस नेता सिंहको फरक मत, संसदीय समितिले हचुवाको भरमा एसपीपीबारे निर्णय गर्न नहुने

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले एसपीपीको विषयमा सुनेको भरमा संसदीय समितिमा छलफल गर्नु नहुने बताएका छन् । 

बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद सिंहले अनाधिकृत कागजातको विषयलाई लिएर एसपीपीको सम्बन्धमा समितिमा छलफल गर्नु नहुने बताए । उनले प्रधानसेनापति र परराष्ट्र मन्त्रीले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारिसकेको भन्दै सुनेको कुराको आधारमा सो विषयमा छलफल आवश्यक नरहेको बताए । 

Advertisement

समितिको आजको बैठकमा अधिकांश सदस्यले एसपीपीमा सहभागी नहुनेबारे मन्त्रिपरिषदको निर्णय अमेरिकालाई नपठाएको र प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमण शंकास्पद रहेको भन्दै विरोध भएपछि  सिंहसहितका कांग्रेस नेताहरुले बचाउ गरेका हुन् । 

आधिकारिक कागजात अध्ययन गरेर मात्रै समितिले एसपीपीमा सरकारको भुमिकाको बारेमा धारणा बनाउनु उपयुक्त हुने भन्दै सिंहले भने, ‘प्रधानसेनापति यही समितिमै आएर बोलेर जानुभएको हाम्रो मस्तिष्कमा ताजै छ । कुनैपनि सैन्य गठबन्धनमा सहभागि हुने कुरा छैन भनेर उहाँले भन्नुभएको हो । परराष्ट्र मन्त्रीले पनि समितिमा आएर आफ्नो कुराहरु राख्नुभएको । त्यसकारणले गर्दा सुनेको भरमा, रे को भरमा कुनै आधिकारिक नभएको डकुमेण्टको विषयलाई लिएर हामीले धरै समय छलफल गर्नु राम्रो हुँदैन । आधिकारिक डकुमेन्ट फेरि मागौँ । हेरौँ । सत्य, तथ्य जे छ डकुमेण्टको आधारमा समग्र समितिको एसपीपीको बारेमा र अन्य उठेको मुद्दाहरुको बारेमा हाम्रो धारणा बनाउनु राम्रो हुन्छ भन्ने लागेको छ ।’  

Advertisement

Advertisement