एभरेष्ट बैंकको नाफा २ अर्ब ५४ करोड, ४३.७७ प्रतिशत वृद्धि

Advertisement

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले दुई अर्ब ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ दशमलव ७७ प्रतिशत बढी हो ।बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो।

विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ रुपैयाँ बढेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १९ रुपैयाँ ८२ पैसा रहेको बैंकको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६ रुपैयाँ ८९ पैसा पुगेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा धेरै बढ्नाले बैंकको यस्तो आम्दानी बढ्न पुगेको हो।

Advertisement

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बैंकको खुद नाफा बढ्न पुगेको हो। बैंकको खुद ब्याज आम्दानी ३७.१५ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ३४.३३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३२.८८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.८२ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ छ।

यस अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ। बैंकको चुक्ता पूँजी ५.९७ प्रतिशत बढेको छ भने जगेडा कोष १२.५७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १२.५७ प्रतिशत र कर्जा १३.९३ प्रतिशत बढेको छ।

Advertisement

Advertisement