साउन २६ बाट एनएमबी क्यापिटलले म्युचुअल फण्ड निष्कासन गर्ने

Advertisement

काठमाडौं । एनएमबी क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ। क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ निष्कासन गर्न लागेको हो।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रवर्द्धक कम्पनी एनएमबी बैंक तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबी क्यापिटलका लागि छुट्याइएको छ। लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

Advertisement

यो योजनाको इकाईका लागि साउन ३१ गतेसम्म आवेदन दिनु पर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद भदौ ९ गतेसम्म लम्बिनेछ। यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड हो।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ।
एनएमबी सुभल इन्भेष्टमेन्ट फण्ड २ एक बन्दमुखि योजना हो। यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्षको हुनेछ। 

Advertisement

Advertisement