बाबुराम भट्टराईको नयाँ पार्टी अब ‘नेपाल समाजवादी पार्टी'

Advertisement

काठमाडौँ । थुप्रै दल परिवर्तन गर्दै पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)बाट समेत अलग्गिएका पूर्वमाओवादी नेता बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गर्ने भएका छन् । 

समाजवादी केन्द्र निर्माण गर्ने भन्दै केही कम्युनिष्ट नेतासँग बैठक पनि गरेका उनले नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् । निर्वाचन आयोगले बिहीबार समावेशी लोकतान्त्रिक पार्टीका अध्यक्ष दीपक लामिछानेले गरेको पार्टीको नाम परिवर्तन गर्ने प्रस्तावलाई आयोगले स्वीकृति प्रदान गरेसँगै भट्टराईको समाजवादी पार्टी बन्ने भएको हो ।

Advertisement

भट्टराईनिकट लामिछानेले केही दिनअघि निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता गरेपछि आँखा चुनाव चिन्ह प्राप्त गरेका थिए । सोही पार्टीको नाम, झन्डा, छाप परिवर्तन, विधान संशोधनका लागि निवेदन दिएका थिए । नेकपा माओवादीमा  रहेर १० बर्षे सशस्त्र युद्ध गरेका बाबुरामले कम्युनिष्ट विचार परित्यागपछि केही समय पार्टीविहीन बसेका थिए । त्यसपछि नयाँ शक्ति पार्टी खोलेका उनले सो पार्टी परित्याग गरी तत्कालिन नेकपामा समेत समावेश भएका थिए । केही दिनमै सो पार्टी छोडेर जसपामा प्रवेश गरेका बुाबुराम भट्टराई त्यसबाट केहीदिन अघि अलग्गिएर अहिले नयाँ पार्टी खोल्ने अवस्थामा आइपुगेका हुन् ।  
 

Advertisement

Advertisement