मलाई अन्तिम पटक प्रधानमन्त्री हुने इच्छा छः प्रचण्ड, ‘बुढा नेता हराउ’ अभियान चलाएकोमा आपत्ति

Advertisement

काठमाडौं । नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । शनिवार आफ्नो पार्टीको कार्यक्रममा उनले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । 

प्रचण्डले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने बताए । उनले आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको बताए । 

Advertisement

नेता प्रचण्डले आफ्नो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना बुनेको बताए । उनले स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको निर्वाचनमा देशमा दोस्रो जनीतिक शक्ति बन्ने दाबी गरे । 

प्रचण्डले दोस्रो शक्ति बनाउने गरी नेपाली काँग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी दिए । उनले नेत्रविक्रम चन्द, मोन वैद्य र पूर्व प्रधानमन्त्रीसमेत भएका बाबुराम भट्टराई माओवादी नभएको दाबी गरे । उनले गत स्थानीय तहको निर्वाचनले नेपालमा रहेको एकमात्र माओावदी –माओवादी केन्द्र) मात्रै रहेको जिकिर गरे । 

प्रचण्डले माओवादीले किसान लक्षित उत्पादन वृद्धि गर्ने बजेट ल्याएको बताए । उनले किसानलक्षित बजेट ल्याएका कारण प्रतिक्रियावादीहरु, बुर्जुवाहरु र दलालहरु आत्तिएर आफूमाथि विभिन्न आरोप लगाइरहेको बताए । अध्यक्ष दाहालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्न र एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन माओवादीका कारण सम्भव भएको उल्लेख गरे । 

उनले माओवादीमाथि आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको दाबी गर्दै देश विकास गर्नेकुरा माओवादी बिना सम्भव नरहेको उल्लेख गर्दै आउने तीन महिना माओवादीका लागि चुनौतीपूर्ण रहेको बताए । प्रचण्डले देशको राजनीतिक मानचित्र बदल्नसक्ने तागत माओवादीसँग मात्रै रहेको भन्दै आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको बताए । 

प्रचण्डले समाज भत्काउने प्रतिगमनकारीहरुले राजनीतिमा बुढापाकाहरु चाहिँदैन भन्ने गरेको उल्लेख गर्दै अहिलेको गठबन्धन चुनावसम्म पनि कायम रहने र कुनै समाजवादी केन्द्र नबन्ने उद्घोष गरे । उनले आगामी निर्वाचनमा मान्छे हेरिहेरि टिकट बाँड्न पाइने भएकोले निर्वाचनमा टिकट वितरण गर्न गाह्रो नरहेको बताए । पछिल्लो समय राजनीतिमा असफल भएका ठूला दलका नाम चलेका नेताहरुलाई चुनाव हराउनुपर्ने अभियान सामाजिक सञ्जालमा सुरु भएको कुराप्रति प्रचण्ड रुष्ट भएका हुन् । 

Advertisement

Advertisement