अर्थमन्त्री शर्माले राष्ट्रपतिबाट लिए सपथ, अर्थ मन्त्रालयमा कर्मचारीहरुको भव्य स्वागत

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी हुन् ।

विवादका बीच पुनः मन्त्री भएका शर्मा सपथपछि अर्थ मन्त्रालय पुगेर बदबहाली गरेका छन् । मन्त्रालयमा पुग्दा कर्मचारीहरुले उनको भव्य स्वागत गरेका थिए । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराई करका दरहरु हेरफेर गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि सोबारे छानविन गर्न गत असार २२ मा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिएका थिए । तर छानविन समितिले उनलाई क्लिन चिट दिएपछि आज पुनः नियुक्ति पाएका हुन् । 

Advertisement

स्वागत कार्यक्रममा अर्थसचिव मधुकमार मरासिनी भने देखिएनन् । अर्का सचिव (राजश्व) कृष्णहरि पुस्कर भने स्वागतका लागि लाइनमा बसेका देखिन्थे । 

Advertisement

Advertisement