बर्षे झरीका बीच सरकारविरुद्ध एमालेको प्रदर्शन, तर कार्यकर्ताको उपस्थिति अपेक्षाभन्दा न्यून

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महंगी र भ्रष्टाचारबिरुद्ध बिरोध प्रदर्शन गरेको छ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण जनताको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर उसले बिरोध प्रदर्शन गरेको हो । 

जनप्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन भएको थियो । प्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रिय विभागका नेता कार्यकर्तालाई उपस्थितिका लागि उर्दी जारी गरिएको थियो । 

Advertisement

प्रदर्शनमा उत्रिएकाहरुले विभिन्न ब्यानर, ग्यास सिलिण्डर बोकेर बिरोध गरेका थिए । उनीहरुले परमादेशी सरकार मुर्दावाद, परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचार नियन्त्रण गर्, भ्रष्टाचारीलाई कारबाही गर् लगायतका नारा लगाएका थिए । कार्यक्रममा दशौं हजार उपस्थिति हुने भनिए पनि अपेक्षाभन्दा न्यून मात्रै कार्यकर्ताको उपस्थिति थियो । 

Advertisement

Advertisement