नागरिक लगानी कोषले ३१ प्रतिशत लाभांश बाँड्ने, भदौ ६ गते साधारणसभा

Advertisement

काठमाडौं । नागरिक लगानी कोषले आफ्ना शेयरधनीहरूलाई ३१.५७ प्रतिशत लाभांश बाँड्ने भएको छ। अघिल्लो आर्थिक वर्षमा ९ प्रतिशत मात्रै बोनस बाँडेको कोषले यसपाली बढाएको हो ।

साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले साउन २५ गते नै बुक क्लोज गरेको थियो। त्यस दिनभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र बोनस सेयर प्राप्त गर्नेछन्। साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement