नेपाल लाइफले पोखरामा सम्पन्न गर्यो ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ कार्यक्रम

Advertisement

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ । तीन दिने कार्यक्रम मंगलबार सम्पन्न भएको हो । 

कार्यक्रममा नबिल बैंकका पूर्वसीईओ अनिल शाहले प्रेरणामूलक सन्देश प्रवाह गरेका थिए । उनले आफ्नो कामलाई सफलतापूर्वक सम्पन्न गर्ने विभिन्न सुत्रहरु बताएका थिए ।

Advertisement

नेपाल लाइफले अभिकर्ताहरुलाई सम्मान गर्ने क्रममा अमेरिकाको वोष्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी तथा अभिकर्ता युवराज धिताललाई सम्मान गर्यो । साथै, दुई लाख ५१ हजार रुपियाँ नगद पुरस्कार पनि प्रदान गर्यो । 

कम्पनीले आगामी दिनमा ग्राहकका रोजाई अनुसारका नयाँ कार्यक्रमहरु ल्याउने प्रतिवद्धता पनि जनाएको छ । 

Advertisement

Advertisement