यस पटक भोट हाल्न जनता अलमलमा पर्नसक्ने ओलीको आशंका, सचेत हुन कार्यकर्तालाई निर्देशन

Advertisement

ल्लितपु । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आउँदो निर्वाचनमा भोट हाल्ने कुरामा जनता अलमलमा पर्नसक्ने भन्दै आफ्ना नेता कार्यकर्तालाई सचेत हुन निर्देशन दिएका छन् । 

च्यासलमा आयाजित एमालेको केन्द्रीय कमिटिको बैठकमा उनले आउँदो चुनावमा जनता अलमलमा पर्दा अनपेक्षित परिणाम आउनसक्ने भन्दै चिन्ता प्रकट गरेका हुन् । पछिल्लो समयमा स्वतन्त्र उम्मेदवारदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका पक्षमा जनलहर देखिएपछि ओलीले सोही कुरामा आफ्नो नेता कार्यकतालाई सचेत गराएका हुन् । 

Advertisement

यद्यपि उनले आउँदो निर्वाचनमा आफ्नो पार्टीले राम्रो नजिता ल्याउन जिकिर गरे । ओलीले आउँदो निर्वाचनको जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिँदै जनतालाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा नजिता आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरुको काँधमा रहेको बताए । 

उनले जनमत एमालेको पक्षमा पार्ने र सो जनमतको रक्षा गर्नका लागि आवश्यक तरिका र उपायहरु अवलम्वन गर्न निर्देशन दिँदै निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि प्रभावकारी भुमिका खेल्न पनि आग्रह गरे । निष्पक्ष निर्वाचन गराउनका लागि सरकारलाई दबाब दिनुपर्ने र सम्बन्धित निकायलाई बेठिक काम गर्न रोक्नुपर्ने ओलीको भनाई छ । 
 

Advertisement

Advertisement