अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन बालेनलाई आदेश

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि सोमबार न्यायाधीश हरिकृष्ण कार्कीले उक्त निवेदनमाथि सुनुवाइ गर्दै ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको हो ।

Advertisement

बालेनविरुद्ध रिट दायर गर्ने अधिवक्ता दीपकराज जोशी हुन् । नर्भिकको संरचना नभत्काउन सर्वोच्चले अन्तरकालीन आदेश दिएपछि बालेनले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए । पछिल्लो समय बालेनले अनधिकृतरुपमा बनाइएका संरचना हटाउन थालेपछि उनको पक्षमा ठूलो जनसमर्थन देखिएको छ । 

Advertisement

Advertisement