कुनै शक्तिले छुन नसकेको ‘काठमाडौं फनपार्क’लाई बालेनले २४ घण्टे पत्र काटे

Advertisement

काठमाडौं । प्रर्दशनीमार्गस्थित काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न अल्टिमेटमसहित काठमाडौं महानगरपालिकाले २४ घण्टे पत्र काटेको छ ।

लामो समयदेखि शक्तिको आडमा सार्वजनिक जग्गा कब्जा गरी मनोरञ्जन व्यवसाय सञ्चालन गर्दै आएको काठमाडौं फन पार्कका सञ्चालकहरुले विगत सात बर्र्षदेखि काठमाडौं महानगरपालिकालाई करसमेत तिरेको थिए । 

Advertisement

काठमाडौंका मेयर बालेन शाहले उक्त समूहलाई २४ घण्टाभित्र कर तिर्न अल्टिमेटमसहितको पत्र काट्न बुधबार निर्देशन दिएका थिए । महानगरको राजस्व विभागले दिएको समयभित्र व्यवसाय कर, बहाल कर, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको छ ।

निर्देशानुसार कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरको पत्रमा उल्लेख छ । काठमाडौं फन पार्क सञ्चालन गर्ने समूहलाई काठमाडौंका थुप्रै नेता र प्रशासकहरुले संरक्षण गर्दै आएका थिए । उनीहरुलाई भृकुटीमण्डपबाट हटाउने र प्रतिस्पर्धाका आधारमा पुनः भाडामा दिने विगतको प्रयास उनीहरुकै हस्तक्षेत्रका कारण सफल हुन सकेका थिएन् । 

Advertisement

Advertisement