पर्यटन क्षेत्रका हस्ती खुमबहादुर सुवेदीद्धारा प्रदेश साँसदमा उम्मेदवारी घोषणा

Advertisement

काठमाडौं । लामो समय पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायी खुमबहादुर सुवेदीले आसन्न निर्वाचनमा प्रदेश साँसदमा उम्मेदवारी दिने भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष उनले नेपाली कांग्रेसबाट धादिङको क्षेत्र नं २ (क)मा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 
 
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । प्रदेश संसदमा आफ्नो स्वाभाविक दाबेदारी हो भन्दै कांग्रेसको १४ औं महाधिवेशनको प्रदेश अधिवेशन प्रतिनिधि सुवेदीले व्यवसायसँगै धादिङको विकास र समृद्धिका लागि योगदान दिन आफू राजनीतिमा सक्रिय हुन लागेको बताए । 

उनले भने, ‘कांग्रेस र पर्यटनसँगसँगै हुनुपर्यो । यसको अर्थ नेपाली कांग्रेसले पनि पर्यटनको महत्त्व बुझ्नुपर्यो । पर्यटनको महत्त्व घोषणापत्रमा राख्नुपर्यो । कांग्रेसले पर्यटनको मध्यमबाट देशको विकास गर्नुपर्यो भन्ने उद्देश्यका साथ उम्मेदवार दिन लागेको हुँ ।’

Advertisement

पर्यटन व्यवसायीले पर्यटन व्यवसायमै सीमित हुनुपर्छ भन्ने जरुरी नरहेको बताउँदै सुवेदीले पार्टी संयन्त्रदेखि राष्ट्रिय राजनीतिमा पर्यटन क्षेत्रका मानिसहरुको प्रतिनिधित्व र भूमिका जरुरी रहेको बताए । 

उनका अनुसार पालिकहरुलाई सुन्दर बनाउने र विदेशी पर्यटकहरुलाई नेपालका सुन्दर गाउँहरु घुम्ने, त्यहाँको प्राकृतिक सुन्दरतामा रमाउने, साहसिक पर्यटनको मज्जा लिने, स्थानीय परिकारको प्रवर्द्धन गर्ने, त्यसमार्फत रोजगारी सिर्जना गर्नुका साथै स्थानीय जनताको जीवनस्तर सुधार ल्याउन पनि पर्यटन क्षेत्रमा लागेका व्यक्तिको नीति निर्माण र निर्णय गर्ने तहको उपस्थिति आफूले जरुरी छ । 

Advertisement

Advertisement