Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि गठबन्धन भित्रको सिट बाँडफाँट बुधवारसम्म टुंगो लगाउने दावी गरेका छन् । 

सोमबार आफ्नो पार्टीको कार्यक्रममा उनले तीन चरणमा सिटको भागबण्डा हुने दाबी गरे । प्रचण्डले १५ गतेसम्म सिट बाँडफाँट सक्ने र २० गते कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निस्कर्ष निकाल्ने २५ भदौसम्म आ–आफ्नो पार्टीले उठाउने उम्मेदवारको टुंगो लगाइसक्ने बताए । 

Advertisement

उनले स्थानीय निर्वाचनमा जस्तो टिकट वितरणमा अनौठा घटना नहुने दाबी गरे । प्रचण्डले माओवादी केन्द्रले प्रत्यक्षनतर्फ प्रतिनिधि सभामा ६० सिट र प्रदेश सभा सदस्यमा १२० सिट दाबी गर्ने बताए । 

प्रचण्डले गठबन्धन अब पनि रहने कि नरहने भन्ने बारेमा अहिले वहस चलिरहेको भन्दै यही गठबन्धनमा आगामी निर्वाचन लड्ने प्रतिवद्धता जनाए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै प्रतिगमनकारी प्रवृत्ति परास्त नभएसम्म गठबन्धन रही रहने दाबी गरे । प्रचण्डले यही गठबन्धनको आधारमा प्रतिगमनलाई परास्त गर्ने अभियानलाई निरन्तर अघि बढाउने भन्दै तत्काल अर्को गठबन्धन बन्ने सम्भावना नरहेको जिकिर गरे । उनले तत्कालीन नेकपा रहँदा आफूहरुबिरुछ षड्यन्त्र भएपछि १९ पृष्ठ लामो दस्ताबेजसहितको राजनैतिक बम नेकपा सचिवालयमा वर्षाएको बताए । 

प्रचण्डले नागरिकता विधेयकको गलत प्रचार गरेर नेकपा एमालेले चुनावी एजेण्डा बनाइरहेको आरोप लगाए । उनले माओवादी केन्द्रले नै वैवाहिक अंगीकृतलाई ७ वर्षपछि मात्रै नागरिकता दिने प्रावधान ल्याएको जिकिर गर्दै एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री रहँदा ६ महिनासम्म नागरिकता विधेयक संसदमा पेस नगरेको बताए । 

उनले संसद विघटन गरेर तत्कालीन प्रधानमन्त्री ओलीले नागकिरता अध्यादेश ल्याएको र अहिलेको गठबन्धन सरकारले पनि सोही विधेयक ल्याएको बताए । ओलीले नेकपा एमालेले अनैतिक तरिकाबाट अहिले वैवाहिक अंगीकृत भनेपछि राष्ट्रवादी भइने र निर्वाचनमा भोट प्राप्त गर्ने मनसायले नाकाबन्दीको बेला झैँ सोचिरहेको बताए । 

प्रचण्डले नागरिकता विहीन ७ लाख नेपालीहरुलाई नागरिकता प्रदान गर्न र वैवाहिक अंगीकृतको बारेमा राष्ट्रिय सहमति गरेर अघि बढ्ने सहमति अनुसार नै अहिले नागरिकता विधेयक ल्याएको बताए । उनले सरकार राष्ट्रिय सहमति बनाएर वैवाहिक अंगीकृतको बारेमा पनि प्रतिवद्ध रहेको बताए । 

प्रचण्डले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं उपत्यकामा नयाँ उम्मेदवार ल्याउने तयारी गरेको बताए । उनले काठमााडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्थानीय निर्वाचन सेन्टिमेण्टले जितेको दाबी गर्दै माओवादी केन्द्रले पनि बालेन्द्रले भन्दा चर्को सेन्मिेण्टको उपाय खोजिरहेको बताए । 

Advertisement

Advertisement