शेखर समूहसँग अघोषित चुनावी तालमेल गर्ने ओलीको योजना, बालकोटमा ओली–शेखर भेट

Advertisement

काठमाडौं । सत्ता गठवन्धनमा भागबण्डा नमिलिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले भने नेपाली कांग्रेसभित्रको शेखर कोइराला समूहसँग अघोषितरुपमा चुनावी तालमेल गर्ने योजना बनाएका छन् । 

पाँच दलीय गठवन्धनले एमालेलाई ठूलै धक्का दिनेगरी चुनावमा जाने तयारी गरिरहेको बेला ओलीले पनि शेखरअस्त्र प्रयोग गर्न लागेका हुन् । उनले यसअघि पनि शेखर कोइरालासँग भेटवार्ता गर्दै आएका थिए । 

Advertisement

यसअघि एमाले नेता बिष्णु रिमालले आफूहरुले कांग्रेसको शेखर कोइराला समूहसँग चुनावी तालमेल गर्ने सोचमा रहेको एक टेलिभिजन कार्यक्रममा बताएका थिए । यही सन्दर्भमा बिहीबार शेखर कोइराला ओलीलाई भेटन उनको निवास बालकोट पुगेका छन् । उनीहरुबीच लामो गोप्य भेट भएको छ । 

कांग्रेसभित्रको प्रतिपक्षी समूहका नेता कोइरालासँग भएको डेढ घण्टाभन्दा लामो कुराकानीमा ओलीले कोइराला पक्षीय र गठवन्धनले तिरस्कार गरेका उम्मेदवारहरुलाई सहयोग आफ्नो पार्टी तयार रहेको बताउँदै आफूहरुलाई पनि सहयोग गर्न आग्रह गरेको समाचार छ । 

बालकोट स्रोतका अनुसार ओलीले गठबन्धनका नाममा प्रचण्ड–माधवको घाँडो नभिर्न कोइरालालाई सुझाव दिँदै स्वतन्त्र र नयाँ पार्टीका पक्षमा बढेको जनलहरबाट कांग्रेस र एमालेले आफ्नो विरासत जोगाउन सक्नुपर्ने बताएका थिए ।  

गठवन्धनको भागबण्डामा कांग्रेसले सय सिट छोड्न नहुने बताउँदै आएको शेखर समूह शेरबहादुर देउवाले एकलौटी गर्ने डरमा छ ।

Advertisement

Advertisement