राष्ट्रियसभाबाट पनि विवादित नागरिकता विधेयक हुबहु पारित, राष्ट्रपतिलाई नैतिक संकट

Advertisement

काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देशसहित फिर्ता भएको विवादित नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको छ ।

प्रतिनिधिसभाबाट हुबहु पारित भएर आएको यो विधेयक राष्ट्रिय सभाबाट पनि आज शुक्रबार पास भएको हो । अब यो विधेयक सभामुखबाट प्रमाणित भएपछि राष्ट्रपतिकहाँ पुग्छ ।

Advertisement

आफूले पुनर्विचारका लागि पठाएको विधेयक जस्ताको तस्तै फिर्ता आएपछि यसलाई प्रमाणिकरण गर्न राष्ट्रपति विद्या भण्डारीलाई नैतिक संकट पर्ने भएको छ । यो विधेयक प्रमाणिकरण नगर्न बरु राजीनामा दिन उनलाई ठूलो जनदबाब समेत छ । 

Advertisement

Advertisement