एमालेको क्षेत्रीय कमिटिद्धारा द्विराज शर्मालाई काठमाडौं–१ को साँसदको उम्मेदवार सिफारिस

Advertisement

काठमाडौं । आउँदो मंसिर ४ गते हुने संसदको चुनावका लागि काठमाडौँको क्षेत्र नं १ बाट द्विराज शर्मा शिवाकोटी सिफारिस भएका छन ।  नेकपा एमाले काठमाडौँ क्षेत्र नं १ को क्षेत्रीय कमिटिले उनलाई उम्मेदवार चयन गर्न पार्टी केन्द्रमा सिफारिस गरेको हो । 

विगत २५ वर्षदेखि शिक्षा, स्वास्थ्य, कृषि, उर्जालगायत  विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय शर्मा एक सफल व्यवसायीको रुपमा चिनिन्छन् । शर्मा नेपाल उद्योग परिसंघ र अन्य व्यवसायिक संगठनहरुमा पनि आवद्द भई नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्। 

Advertisement

शर्मासँग अमेरिका, युरोप लगायत विभिन्न मुलुकहरुको शैक्षिक, सामाजिक तथा आर्थिक प्रणालीलाई नजिकबाट अध्ययन गरेको विज्ञता समेत छ ।  विशेषगरी शैक्षिक क्षेत्रमा अमेरिका, क्यानडा अस्ट्रेलिया, युरोप, अमेरिका, बेलायत, चीन र भारत लगायतका मुलुकहरुले अवलम्बन गरेका नीति तथा प्रणालीका जानकार उनी नेपालले समयसापेक्ष अपनाउनुपर्ने शैक्षिक प्रणाली र यहाँको शिक्षालाई विश्वस्तरीय बनाउन लिनुपर्ने कदमहरुको योजना भएका व्यक्ति मानिन्छन ।

शर्मा चर्चित झापा बिद्रोहका अभियन्ता शिवप्रसाद शिवाकोटीका छोरा हुन्। । शिवाकोटी, रामनाथ दाहाल, केपी ओलीलगायतका नेताहरुले झापा विद्रोह गरेको र तत्कालिन राज्यको नियन्त्रणका कारण शिवाकोटीले परिवार निर्वासित जीवन जिउनुपरेको, सम्पत्ति राष्ट्रियकरण गरिएको थियो । नेकपा एमाले क्षेत्र नं १ को क्षेत्रीय कमिटिले शर्मासहित रुपनारायण श्रेष्ठ, बिदुर मैनाली, टिकाराम भट्टराई र केशव घिमिरेको नाम सिफारिस गरेको छ ।

Advertisement

Advertisement