‘मन्त्री भए पनि लाइन बस्नुपर्छ’ भन्दै पर्यटनमन्त्रीलाई लाइन बसाउन खोज्ने सुरक्षागार्ड पक्राउ

Advertisement

काठमाडौं । सर्वसाधारण जनता जस्तै मन्त्री पनि लाइनमा बसेर सेवा लिनुपर्छ भन्दा एक जना सुरक्षागार्डमाथि अन्याय गरिएको छ ।  मन्त्रीलाई लाइनमा राख्न खोजेकाले अभद्र व्यवहार गरेको नाममा उनलाई पक्राउ गरिएको हो । 

ठमेलस्थित छायाँ सेन्टरमा काम गर्ने गरुड सेक्युरिटिअन्तर्गतका सुरक्षा गार्ड शेरजंग गुरुङले छायाँ सेन्टरमा बायोमेट्रिक दिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बसाउन खोजेका थिए । 

Advertisement

उनले मन्त्री भए पनि अरु भए पनि लाइनमा बस्नुपर्छ भनेर रोकेपछि मन्त्रीसँगै आएका प्रहरीले ती कार्डलाई पक्राउ गरेका थिए । त्यसपछि उनलाई अभद्र व्यवहार गरेको आरोप लगाइएको थियो । मन्त्री अगाडि बढ्न खोज्दा अरु मानिस बायोमेट्रिक दिन लामो लाइनमा थिए । 

Advertisement

Advertisement