भारतीय स्थल सेनाध्यक्ष पाँडेले राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि भेट्ने, पशुपतिनाथ पनि जाने

Advertisement

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाँडे काठमाडौं आइपुगेका छन् । उनलाई विमानस्थलमा स्वागत गर्न नेपाली सेनाका रथी बालकृष्ण कार्की पुगेका थिए । 

पाँच दिने नेपाल भ्रमणमा आएका पाँडे पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै आईतवार अपरान्ह आइपुगेका हुन् । नेपाल भ्रमणका दौरान उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने, पशुपतिनाथको दर्शन गर्न जाने, कार्यक्रम छ । 

Advertisement

साथै, पाँडेले प्रधान सेनापति परशुराम शर्मासँग भेटघाट एवं छलफल गर्ने, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विभिन्न सामग्री हस्तान्तरण गर्ने कार्यतालिका छ । साथै कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्ने पनि कार्यक्रम छ ।  

यसबाहेक उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ । पाँडेलाई राष्ट्रपति भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने विशेष कार्यक्रम पनि छ । 

Advertisement

Advertisement