एमालेको झापा क्षेत्र नम्बर १ (ख) बाट आचार्यसहित ८ उम्मेदवार शिफारिस

Advertisement

काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले झापा क्षेत्र नम्बर १ को (ख) बाट रमेश आचार्य सहित ८ जनाको नाम शिफारिस भएको छ । 

आइतबार बसेको क्षेत्रीस समितिको बैठकले उम्मेदवारको नाम शिफारिस गरेको हो । 

Advertisement

सो क्षेत्रमा जनप्रिय छबि कायम गरेका आचार्य एमाले झापा जिल्ला कमिटीको लेखा परीक्षण कमिटीका सचिव हुन् । बामपन्थी आन्दोलनका शसक्त र जुझारु नेता आचार्यले निजामती सेवामा रहँदा समेत पार्टीलाई शसक्त बनाउन भूमिका खेलेका थिए । 

उनी नेपाल निजामती कर्मचारी संगठन झापाको संस्थापक रही सचिव हुँदै दुई कार्यकाल अध्यक्षको भूमिकामा रहे । उनी जनआन्दोलन २०६२–६३ का घाइते योद्धा हुन् । 

 

Advertisement

Advertisement