सय सिटबाट नझर्ने अडान लिएको कांग्रेसलाई प्रचण्डले ८० मा झारे, अझै सकेसम्म झार्ने प्रयास

Advertisement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले  आउँदो संसदीय निर्वाचनमा पाउने सिटको भाग सयबाट ८० मा झार्न सफल भएका छन् । 

सय सिटबाट नझर्ने अडान राख्दै आएको कांग्रेस प्रचण्डसहितका सत्ता साझेदार नेताहरुले दबाब दिँदै ८० मा झार्न सफल भएका हुन् भने आफूले पाउने सिटसंख्या बढाउन सफल भएका छन् । 

Advertisement

माओवादी केन्द्रले ४० सिटको हाराहारीमा पाउने अनुमान गरिए पनि प्रचण्डले ६० पुर्याउन सफल भएका छन् भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि २५–२५ सिटको अडानमा रहेका छन् । 

प्रचण्डले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको टुंगो बुधबारसम्म लाग्ने बताएका छन् । आज मंगलबार साँझसम्म कार्यदल स्तरबाट सहमतिको प्रयास भइरहेको र बुधबार शीर्ष नेताहरूको बैठकबाट टुंगो लगाइने उनले बताएका छन् । 

कैलालीमा आयोजित आफ्नो पार्टीको कार्यक्रममा मंगलबार उनले दावी गरे जस्तो कांग्रेसले सय सिट नभई ८० को वरिपरी पाउने संभावना बढ्दो छ भने आफ्नो पार्टीको दावी ६० रहेको बताए । त्यसको वरिपरीमा कुरा मिल्ने उनको जिकिर छ । 

यसरी जाँदा आउँदो संसदीय निर्वाचनमा कम्युनिष्टहरुले दुईतिहाई बहुमत पुर्याउने आधार तयार हुँदै गएको छ भने आफूलाई प्रजातान्त्रिक शक्ति दावी गर्ने नेपाली कांग्रेस झन कमजोर हुने संभावना बढेर गएको छ । 

संघीय र प्रदेशका सबै निर्वाचन क्षेत्रको टुंगो शीर्ष तहबाट नै लगाउने गरी काम भइरहेको भन्दै प्रचण्डले बुधबार यसको सबै टुंगो लाग्ने दावी गरेका छन् । कांग्रेसको शेखर कोइराला समूहले सय सिट घटन नहुने अडान राख्दै शेरबहादुर देउवा समूहले एकलौटी गर्नसक्ने कुराले चिन्तित छ । 

Advertisement

Advertisement