चिनियाँ सभामुखसहितको टोली आउने दिनमै इण्डिया जाने परराष्ट्र सचिवको तयारी

Advertisement

काठमाडौं । चिनियाँ सभामुख ली झान्सुसहितको उच्चस्तरीय चिनियाँ टोली नेपाल आउन लागेको दिन पारेर परराष्ट्रसचिव भरत पौड्याल इण्डिया जाने तयारी गरेका छन् । चिनियाँ प्रमण्डलको स्वागत र शिष्टाचार भेटघाटको प्रवन्ध गर्नुपर्ने सचिव पौडेलको इण्डिया भ्रमण अर्थपूर्ण देखिन्छ । 

उनी आउँदो सोमबार नयाँ दिल्ली जाने कार्यक्रम बनेको हो । चिनियाँ जम्बो टोली सोही दिन नेपाल आउने कार्यक्रम छ । सरकारले चिनियाँ टोली आउने दिनसमेतलाई समेटेर बेलायती महारानीको निधनमा शोक मनाउने निर्णयसमेत गरेको छ । 

Advertisement

चिनियाँ टोली आउने तयारी हप्तौं पहिलेदेखि भए पनि सचिव पौड्यालको इण्डिया भ्रमण सोही दिनमा तय गरिनु, मन्त्रिपरिषदबाट पनि सहजै भ्रमणलाई स्वीकृति दिनु धेरै खालको आशंका जन्मिएको हो । 

नेपालमा अमेरिकी र पश्चिमाहरुको चासो बढ्दै गएसँगै चिनियाँहरु पनि सशंकित र सतर्क हुन थालेको देखिन्छ । इण्डियन र अमेरिकन अधिकारीहरुको भ्रमण भइरहेको बेला चिनियाँ टोली नेपाल आउन लागेको हो । यसले नेपालमा शक्ति राष्ट्रहरुको रणनीतिक चासो निकै बढेको प्रष्ट्याउँछ । 

मंगलबार हुने नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकमा भाग लिन भन्दै पौड्याल दिल्ली जान लागेका हुन् । बैठकका लागि भारतीय समकक्षी विनयमोहन क्वात्राले उनलाई निम्तो पठाएका थिए । 

Advertisement

Advertisement