मुक्तिनाथ विकास बैंकको घर दैलो कार्यक्रम

Advertisement

काठमाडौं । ग्राहकहरुमा वित्तीय साक्षरता पुर्याउन र आफ्नो सेवा, सुविधाबारे जानकारी तथा खाता खोल्ने सुविधा दिन मुक्तिनाथ विकास बैंकका देशभरका सबै शाखा र केन्द्रीय कार्यालयका कर्मचारीहरुले घर दैलो कार्यक्रम सम्पन्न गरेका छन । 

कार्यक्रममा बैंकका अध्क्षय, सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक तथा अन्य कर्मचारी, संस्थापक शेयरधनीको यो कार्यक्रममा सहभागीता रहेको बैंकले जनाएको छ । घरदैलो कार्यक्रमले बृहत उद्देश्य बोकेको भन्दै बैंकले मुक्तिनाथको सेवा सुविधाका बारेमा नभई यस कार्यक्रमबाट बैंकिङ सुविधाको साक्षरता बढाउने उद्देश्य रहेको बताएको छ । 

Advertisement

घरमै गएर बैंकको सेवा सुविधाबारे जानकारी गराउँदा ग्राहकहरुले पनि बैंकिङ सेवाबारे रहेका जिज्ञासाहरुको उत्तर घरै बसेर पाउने विश्वास बैंकले लिएको छ । यसबाट बैंकको नाम मात्र नभई बैंकिङ क्षेत्रको बारेमा पनि साक्षरता बढ्ने मुक्तिनाथ विकास बैंकको विश्वास छ । ‘जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ’ भन्ने नारा यो बैंकले बोक्दै आएको छ । 

Advertisement

Advertisement